काठमाण्डौ महानगरपालिका लेखा परिक्षण समितिको संयोजकमा गायत्री पुडासैनी
कपन अनलाइन
काठमाडौं, असार २८ । काठमाण्डौ महानगरपालिका लेखा परिक्षणसमितिको संयोजकमा गायत्री पुडासैनी चयन भएकी छन। काठमाण्डौ महानगरपालिका वडा नं ६ की निर्वाचित सदस्य पुडासैनी असार २४ गते भएको नगर सभा ११ औँ अधिवेशनबाट सो समितिको संयोजकमा चयन भएकी हुन्।
लामो समयदेखी राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहेकी गायत्री पुडासैनी संगै सो समितिको सदस्यमा काठमाण्डौ महानगरपालिका वडा नं १० का वडा सदस्य रेसल श्रेष्ठ, वडा नं. २० का सदस्य सतिश तण्डुकार, वडा नं. ३२ को वडा सदस्य हीरादेवी पोखरेल , र वडा नं ३की वडा सदस्य शर्मिला परियार चयन भएका छन ।
तपाइँको प्रतिक्रिया ।