कागेश्वरी मनोहरा नगरपालिकामा जुनोसिस रोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा जुनोसिस रोग सम्बन्धि अन्तरक्रिया  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार २४। कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखा द्वारा आयोजित जुनोसिस रोग सम्बन्धि एक दिने  अन्तरक्रिया गोष्ठी   सम्पन्न भएको छ । बिहिबार आस्था पार्टी प्यालेस थलीमा नगर प्रमुख उपेन्द्रकार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उप प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे  भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत डा. राम प्रकाश प्रधान, नगर शिक्षा शाखा प्रमुख स्मिता नेपाल ,  कलाकार दमन रुपाखेती, कलाकार सि.पी पुडासैनी, न्यु मिडिया हाउसका अध्यक्ष गोमा पाण्डे लगायत वडा सदस्यहरु, बिभिन्न बिध्यालयका शिक्षक प्रतिनिधि  लगायत कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन गोपाल कट्टेलले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले पानसमा दिप प्रज्वलन गरि गरेका थिए।

कार्यक्रममा पशु सेवा शाखा गागलफेदीका पशु चिकित्सक राम बहादुर देउजाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले जुनोसिस रोगको बारेमा जानकारी प्रदान गरेका थिए। उनले  पशुपंक्षीबाट मानिसमा सर्ने सरुवा रोगलाई जुनोटिक रोग  भनिने र सो  रोग पशुपंक्षीबाट मानिसमा र मानिसबाट पशुमा सजिलैसँग सर्ने बताए । पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट जुनोटिक रोग सर्ने बताएक थिए।

 समुदायमा संक्रमण फैलाउन सक्ने जोखिमका आधारमा प्राथमिकीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा जुनोटिक रोग सार्वजनिक गरेको  जसमध्ये ईन्फ्लुएन्जालाई सरकारले पहिलो नम्बरमा राखेको जानकारी दिदै  प्राथमिकीकरणको सूचीमा रेबिज दोस्रो र कोरोना भाइरसलाई तेस्रो नम्बरमा राखिएको  बताए । उनले  साबधानी नअपनाउदा जुनोसिस रोग बढ्न सक्ने र त्यसले मृत्यु सम्मको अवस्थामा पुर्याउन सक्ने भन्दै साबधानी अपनाउन अनुरोध गरेका थिए । रोग बाट बच्न कुकुरलाइ रेबिज बिरुद्दको खोप लगाउन मासु तथा दुध राम्ररी पकाएर खानुपर्नेमा जोड दिएका थिए।  उनले सो रोग बारे जन चेतना जगाउने र सावधानीका उपायको बारेमा जानकारी दिन जनचेतनामुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बाल कलाकार हार्दिका फुयालले स्वागत नृत्य मार्फत मनोरंजन प्रदान  गरेकी थिइन ।कार्यक्रममा कलाकार सिपि पुडासैनीले कलाकारहरुलाई जनचेतनाको लागि समेट्नु पर्नेमा  जोड दिदै नाटक प्रहसन मार्फत जगाएको जनचेतना प्रभाबकारी हुने बताएका थिए। आफु सोहि नगरपालिकाको बासिन्दा भएको हुँदा नगरपालिकाले चाहेमा  यस्ता कार्यक्रममा आफ्नो सहयोग रहने बताएका थिए ।

कार्यक्रममा नगर उप प्रमुख शान्ता थापाले जुनोसिस रोगको बारेमा जनचेतना जगाउने काममा सबैको सहयोग आवश्यक रहेको र त्यसमा नगरको साथ रहने बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले मानव  स्वास्थ्य र पशुस्वास्थ्यलाइ समेटर नगरपालिकाले  कार्यक्रम  अगाडी बढाएको जानकारी दिदै आगामी दिनमा जनचेतनामुलक कार्यक्रम र अन्य कार्यक्रममा स्थनिय सरकारले स्थानीय  कलाकारहरुलाइ   सम्झने बताए ।उनले कलाकार राष्ट्रको सम्पत्ति भएको हुँदा उनीहरुलाई समेटेर अघि बढ्ने समेत प्रतिबद्दता ब्यक्त गरेका छन ।कार्यक्रमको दोस्रो सत्रमा पशु सेवा शाखा बाट निर्मित टेलिचलचित्र समृद्दी प्रदर्शन गरिनुको साथै उक्त टेलिचलचित्रमा अभिनय गरेका कलाकारहरुलाई  नगर प्रमुखले प्रमाण पत्र प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।