निर्वाचनको मिति घोषणा नहुँदै काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा चुनावी चर्चा

निर्वाचनको मिति घोषणा नहुँदै काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा चुनावी चर्चा

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

निर्वाचनको  मिति घोषणा नहुँदै काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा चुनावी चर्चा सुरु भएको छ। हरेक निर्वाचनमा निकै चर्चामा रहने काठमाण्डौ क्षेत्र नं ४ को यस प्रदेस क्षेत्रमा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक नेताहरुले आन्तरिक तयारी सुरु गरे संगै राजनितिक माहोल निकै तातेको छ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका कुसुम कुमार कार्की बिजयी बनेको यस क्षेत्रमा २०७९ सालमा भने धेरै नेताहरुले इच्छा व्यक्त गर्दै माथिल्लो कमिटीका  नेताहरुको घर दैलोमा चाकरी बजाउन थाले संगै चुनावको चर्चा बाक्लिएको हो।

कुसुम कुमार कार्की एमालेबाट जितेर नेकपा समाजवादी बने संगै अहिले नेकपा एमालेमा आकांक्षीहरुको लर्को नै लागेको एक नेता बताउछन।बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस प्रदेस सभा क्षेत्रमा नेकपा एमालले सबै वडामा अध्यक्ष जिते संगै उम्मेदवार बन्ने नेताहरुको भिड बढेको बताउदै ति नेताले आकांक्षीहरुको लर्को थपिने क्रममा रहेको जानकारी दिएका छन।

त्यस्तै नेपाली कांग्रेसमा पनि प्रदेस सभा सदस्यमा उम्मेदवार बन्न इच्छुकहरुले आन्तरिक तयारी थालेको चर्चा निकै बढेको छ। धेरै जिल्ला स्तरीय नेता रहेको नेपाली कांग्रेस यस पटक जसरि पनि यो क्षेत्र जित्ने गरी उम्मेदवार तय गर्ने रणनीतिमा रहेको एक नेता बताउछन।

स्थानीय तहको निर्वाचनमा १२ जना वडा सदस्य बिजयी गराउदै आफ्नो स्थितिमा केहि सुधार ल्याएको नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनमा उठाउने उम्मेदवारका वारेमा औपचारिक बहस सुरु नगरेता पनि आकांक्षीहरुले भने नेताहरुको दैलो ढुक्न थालिसकेको ति नेताले जानकारी दिएका छन।

यसैगरी नेकपा एकीकृत समाजवादीमा पनि उम्मेदवार बहस सुरु भएको छ। उक्त पार्टीको आन्तरिक छलफलमा केहि जिल्ला स्तरीय नेताहरुले उम्मेदवार बन्ने इच्छा ब्यक्त गरे संगै राजनीतक माहोल निकै तात्न थालेको छ।

यस प्रदेस क्षेत्रमा  २०७४ सालको निर्वाचनमा कुसुम कुमार कार्की १२३४७ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी साधुराम खड्काले ९३५४ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।