कक्षा १२ को परीक्षा तयारी पुरा, बुढानीलकण्ठमा २ केन्द्र

कक्षा १२ को  परीक्षा तयारी पुरा, बुढानीलकण्ठमा २ केन्द्र

अशोकराज पाण्डे, कपनअनलाइन, जेठ १९,

गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण स्थगित कक्षा १२ को परीक्षा भोली जेठ २० गतेबाट शुरु हुँदैछ ।
बुढानीलकण्ठ नगरपालिका १२ मा रहेको बालउद्धार उच्च माविले भालीबाट हुने परीक्षाको तयारी पुरा गरेको जनाएको छ । पशुपति बहुमुखी क्याम्पसका रेगुलर तर्फका ४१० जना विद्यार्थी यो परीक्षा केन्द्रबाट परीक्षा दिने बालउद्धार उच्च माविका सह प्राचार्य एंव परीक्षा संयोजक डोरप्रसाद आचार्यले कपनअनलाइनलाई बताए ।

+2
भुकम्पका कारण कम्पाउण्डको वाल त भत्केको छ नि ? यस्तो अवस्थामा मर्यादित परीक्षा हुन सक्छ? भन्ने प्रश्नमा आचार्यले भने हाम्रो कम्पाउण्डको वालको १ लाइन मात्र भत्केको हो । परीक्षा सुरक्षित र मर्यादित बनाउन हामीले सुरक्षाकर्मीहरुको साथ लिने छौँ र बिहान ७ बजेबाट शुरु हुने परीक्षामा सामेल हुने सम्पूर्ण विद्यार्थीलाई गेटबाट नै प्रवेश गराउने छौँ । उनले थप्दै भने हामीलाई परिपत्र आए अनुसार दोस्रो तल्ला भन्दा माथि हामी कुनै पनि विद्यार्थीलाई राख्ने छैनौँ । तसर्थ विद्यार्थीको सुरक्षामा पनि हामी अत्यन्तै संवेदनशील छौँ ।
उनले कपनअनलाईन मार्फत सम्पूर्ण विद्यार्थीलाई भने परीक्षा एक निरन्तर कार्यक्रम हो । देशमा भएको यस्तो विपत्तिमा परीक्षाको मर्यादालाई कायम गर्दै नआत्तिकन परीक्षा दिनुहोस् । बालउद्धार उच्च माविले विद्यार्थीलाई फ्रेण्डली वातावरणमा परीक्षा दिने वातावरणको सिर्जना गरेको छ । तसर्थ ढुक्क भएर परीक्षामा सामेल हुनुहोस्् ।
त्यसैगरि बुढानीलकण्ठ नगरपालिकामा नै रहेको गणेश उच्च माविमा पनि कक्षा १२ परीक्षाको तयारी पुरा भएको छ । बुढानीलकण्ठ उच्च मावि, महाँकाल जनजागृति उमावि, गोल्फुटार र बाँसवारी उमाविका विद्यार्थीहरुले यस केन्द्रमा परीक्षा दिनेछन् । यो केन्द्रमा पनि परीक्षाको सम्पूर्ण तयारी भईसकेको विद्यालयका पूर्व डाइरेक्टर ब्रम्हदेव श्रेष्ठले कपनअनलाइनलाई बताए ।

प्रहरी निरीक्षकहरुको टोलीले ग¥यो परीक्षा केन्द्र निरीक्षण

यसैबीच अहिले साँझ महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शिव बुढाथोकीको टोलीले बालउद्धार उमावि र प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेको टोलीले गणेश उच्च मावि चपलीमा सुरक्षा सम्बन्धि निरीक्षण गरेका छन् । निरीक्षण गरेका प्रहरी निरीक्षकहरुले कपनअनलाइनलाई भने ‘मर्यादित परीक्षा सञ्चालन गर्नका लागि हामीले सम्पूर्ण सुरक्षा तयारी गरिसकेका छौँँ । परीक्षा मर्यादित हुन्छ ।’

तपाइँको प्रतिक्रिया ।