सार्वजनिक सरोकारमा एमाओवादी सक्रिय

सार्वजनिक सरोकारमा एमाओवादी सक्रिय

काठमाडौं । विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पनबाट क्षति पुगेका सार्वजनिक सरोकारका क्षेत्रहरुमा एकिकृत नेकपा माओवादी सक्रिय भएर लागेको छ । सार्वजनिक सरोकारका क्षेत्रहरु शिक्षा, बाटो, खानेपानी, पुल, ढल लगायतका क्षेत्रहरुमा एमाओवादी लागेका हुन् । व्यक्तिगत घरहरु भन्दा पनि एमाओवादी सार्वजनिक सरोकारका क्षेत्रमा लागेका एमाओवादी कपनका पूर्व अध्यक्ष डम्बर अधिकारीले जानकारी दिए । “काठमाडौं क्षेत्रमा खानलाउन नपुग्ने मान्छे हुदैनन्, त्यसैले व्यक्तिका घरहरुलाई भन्दा सार्वजनिक सरोकारका क्षेत्रहरुमा हामी विशेष रुपमा खटिएका छौं–” उनले भने ।

11324145_638900932878761_495066803_o
एमाओवादीले बैशाख २२ सम्मको अभियान वडा नं. ४ का संविधानसभा सदस्यका उम्मेदवार नन्दकिशोर पुन पासाङको नेतृत्वमा संचालन भइरहेको छ । अभियान अन्तर्गत पासाङ नेतृत्वको समुहले जनउद्धार मावि, गाम्चामा अस्थायी शौचालय निर्माण गरेको छ भने अन्य क्षेत्रहरुमा पनि भत्किएका सार्वजनिक सरोकारका क्षेत्रहरुमा सरसफाईको कार्यक्रम संचालन गरिरहेको छ । समुहमा पूर्व पिएलए र वाइसिएल र स्थानिय कार्यकर्ताहरु खटिएको पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।