शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित सहितको टोलि द्वारा भासिएको सडकको निरीक्षण

शंखरापुर नगरपालिकाका प्रमुख  रमेश नापित सहितको टोलि द्वारा भासिएको सडकको निरीक्षण

कपन अनलाइन

काठमाडौं,असार १४ । शंखरापुर नगरपालिकाका प्रमुख  रमेश  सहितको टोलि द्वारा बागधारा र नाङलेमा भासिएको सडकको निरीक्षण गरेका छन ।सोमबार अविरल वर्षाको कारण उक्त क्षेत्रमा भासिएको  सडकको नगर प्रमुख सहितको टोलि द्वारा  निरीक्षण गरेका हुन् ।

निरीक्षणमा नगर उप प्रमुख समिता श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत निवर्तमान नगर प्रमुख सुवर्ण श्रेष्ठ सहित नगरका प्राबिधिकको समेत सहभागिता रहेको थियो ।

भिरालो भू बनोट र अविरल बर्षाको कारण भासिएको ठाउँमा पानी पस्न नदिन प्लास्टिक र त्रिपाल बिछ्याइएको छ ।  निरीक्षण पश्चात नगरपालिकाले तत्काल मर्मत सम्भार गर्न सडक डिभिजन कार्यालयलाइ पत्राचार गरिएको नगरपालिकाले जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।