टोखा नगरपालिकाको बजेट २ अर्ब ११ करोड ५६ लाख ७ हजार

टोखा नगरपालिकाको बजेट २ अर्ब ११ करोड ५६ लाख ७ हजार

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

टोखा नगरपालिकामा आगामी आवका लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजारको बजेट प्रस्तुत गरिएको छ।

टोखा नगरपालिका वडा नं ३ को सद्भाव पार्टी प्यालेसमा भएको नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रकास अधिकारीले २ अर्ब ११ करोड ५६ लाख ७ हजारको अनुमानित आय व्यय विवरण रहने जानकारी दिएका छन।

टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ ,प्रमुख प्रशासकीय अधिकृत शंकर प्रसाद पाठक ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य तथा नगर सभाका सदस्य , विभिन्न शाखा प्रमुख सहित सल्लाहकारहरुको सहभागिता रहेको सो नगर सभामा ६ मुख्य शिर्षकमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।