बौद्धनाथ क्षेत्र विकास समितिको सदस्यमा श्याम खतिवडा र जानुका भण्डारी नियुक्त
कपन अनलाइन
काठमाडौँ, जेठ ३१ । नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र विकास समितिको सदस्यमा श्याम खतिवडा र जानुका भण्डारी नियुक्त भएका छन ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा राजकुमार लामा कार्यकारी निर्देशक नयन कुमार लामा नयाँ पिपुल्स पार्टीका अध्यक्ष दिनेश खनाल लगायतले नव नियुक्त सदस्यहरुलाई कार्यालयमा स्वागत गरेका छन । लामो समय देखि मानवीय तथा सामाजिक क्षेत्रमा काम गर्दै आएकी जानुका भण्डारीले विश्व सम्पदा सुचिमा सुचिकृत बौद्द नाथ क्षेत्रको विकासमा सक्रियता पुर्वक लाग्ने बताएकी छिन ।
तपाइँको प्रतिक्रिया ।