ईश्वरीय मार्ग भजन मण्डल (सच्चाई केन्द्र)को ज्याजती विरुद्ध आन्दोलन चर्कीयो,सच्चाई केन्द्र हटाउनु पर्ने कपनका स्थानीयको माग
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २२।
बुढानिलकण्ठ ११ स्थित कपनहाईटमा रहेको ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’हटाउने पर्ने माग स्थानीयले गरेका छन । ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’को ज्याजती विरुद्ध कपन वासी विगत केहि हप्तादेखि आन्दोलित छन ।
सच्चाई केन्द्रेले ध्वनि प्रदूषणगर्नुको साथै समाजमा अपाच्य गतिविधि गरेकोले वस्तीको विचबाट सच्याइ केन्द्र हटाउनु पर्ने कपनहाईट समाजका अध्यक्ष स्यामबाबु श्रेष्ठले बताए ।
शान्तिपूर्ण विरोध कार्यक्रमा संच्याईका संचालक तथा कार्यकर्ताहरुले हस्तक्षेप गरेको,पत्रकार र प्रहरीलाई हातपात गरेको ,विरोध कार्यक्रममा गएकाहरुलाई धम्काउने गरेको तथा समाजमा अपाच्य गतिविधि बढ्दै गएपछि सच्चाई केन्द्र हटाउनु पर्ने निषकर्षमा कपनहाईट समाज ,सुर्योदय टोल,शान्ति टोल लगायतका ठोलहरु पुगेको कपनहाईट समाजका अध्यक्ष श्रेष्ठले बताए ।
‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्रको भजनस्थल हल खुला टहरामा रहेकोले ठूलो माईकबाट ध्वनि प्रदूषण गर्नाले कपनहाईट ,सुर्योदय टोल,शान्ति टोल लगाएतलाई प्रत्यक्ष असर परेको स्थानीयले बताए । कपनहाईट समाज सुर्योदय टोल,शान्ति टोल लगायतका ठोलहरुको अगुवाईमा भएको भएको विरोध कार्यक्रममा हजारौं स्थानीयहरुको सहभागिता रहेको छ । कपनहाईटमा रहेको संच्याई केन्द्रको आधिकारीकतामा समेत प्रश्न उठेको स्थानीयहरुको भनाई छ ।
गोरखामा भजन मण्डली बन्द गराए गोरखा नगरपालिका वडा नं. १ ताप्लेको दलित बस्तीमा स्थानीयरुले ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र बन्द गराएका छन ।
हिन्दू युवा संयोजन अभियान नेपाल र स्थानीय आमा समूहले तिन बर्ष अगाडी भजन मण्डली बन्द गराएका हुन । पोखरा लेखनाथ महानगरपालिकामा सच्चाई केन्द्रलाई अवरोध ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्रले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ लामाचौर गैराबारीमा संस्थाको शाखा बिस्तार गर्ने क्रममा स्थानीय व्यक्तिहरुले अवरोध पुर्याएका छन ।
शाखा अध्यक्ष रिना सुनारको नाउँमा रहेको घरजग्गामा कार्यालय राखेको र मोति बहादुर थापाको नाउँको जग्गा भाडामा लिई अस्थायी प्रकृतिको टहरा निर्माण गरी ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र संचालन गर्न लागेपछि स्थानीय बिरोमा उत्रिएका हुन । धर्म परिवर्तन गराउन सच्चाईको नयाँ तरिका पोखरामा केन्द्र रहेको ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले एकैपटक हिन्दुत्वबाट छुटाउन नसकिने भएपछि धर्म परिवर्तनका लागि उनीहरूले नयाँ तरिका अपनाएको बताईन्छ ।
‘उनीहरूको एउटै मिसन भनेको अरू जे गरेपनि बाइबल र येशुलाई मान्नुपर्यो भन्ने हो । यसका सदस्यहरू हेर्दा हिन्दु जस्तै देखिन्छन्, तर क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै हिड्ने गरेका छन् । उनीहरू बर्मा, विष्णु महेश्वर आदी देवतालाई मान्छन्, तर सृष्टिकर्ता भने येशु नै भएको दावी गर्छन् ।