कागेश्वरी मनोहरा नगरपालिका प्रमुख द्धारा मुलपानी नगर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संग छलफल  

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख द्धारा मुलपानी नगर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संग छलफल  

कपन अनलाइन

काठमाडौं, जेठ १९। कागेश्वरि मनोहरा नगरपालिका प्रमुख द्धारा  नगरपालिकामा सञ्चलानमा रहेको मुलपानी नगरअस्पताल व्यवस्थापन समितिका सदस्यहरु , स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संग छलफल  गरेका छन । बुधबार  नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको नगर अस्पताल व्यवस्थापन समितिका सदस्यहरु , स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संग छलफल  गरेका छन उक्त छलफलमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ बाट पुन वडा अध्यक्षमा निर्वाचित प्रकाश फुयालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा  अस्पताल बाट दिइने सेबा सुबिधा र अस्पतालमा तत्काल सुधार गर्नु पर्ने विषयमा छलफल गर्नुका साथै सो  अस्पताल बाट दिइएको उपचार तथा महामारी रोकथामका लागि गरिएको सेवा  प्रति नगर प्रमुखले प्रशंसा गर्दै  धन्यवाद व्यक्त गरेका थिए । प्रमुख कार्कीले स्वास्थ्यमा कुनै पनि कन्जुस्याई हुन नदिने वचनका  दिदै कमि कमजोरी लाइ तत्काल सुधारका लागि सुझाब समेत दिएको स्वास्थ्य शाखाकी  लक्ष्मी कोइरालाले कपन अनलाइन लाइ जानकारी गराइन। साथै नगर प्रमुख कार्कीले नगर अस्पतालको निरीक्षण समेत गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।