मानवसेवा आश्रमको नागार्जुन र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
कपन अनलाइन
काठमाडौं जेठ १८ । मानवसेवा आश्रम द्धारा नागार्जुन नगरपालिका र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान गरेको छ ।कार्यक्रममा नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेत र उप–प्रमुखमा पुन निर्वाचित शुशिला अधिकारी, त्यसै गरि तारकेश्वर नगरपालिकाको प्रमुख कृष्णहरि महर्जन र उप–प्रमुख र श्रृजना बुर्लाकोटी अर्याललाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका अध्यक्ष रामजि अधिकारीले सबै पालिकाको जनप्रतिनिधिको सहयोगमा सडक मानव मुक्त पालिका बनाउन पहल गर्नुपर्ने बताए ।मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्ला,भरतपुर महानगरपालिका, गण्डकी प्रदेश र कर्णली प्रदेश औपचारिक रुपमै सडक मानव मुक्त बनाउन सफल भएको जानकारी दिए ।अबको तिन बर्ष भित्र सडक मानव मुक्त देश बनाउने लक्ष्य लिएको अध्यक्षको भनाई छ ।
नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेतले मानवसेवा आश्रमको नयाँ भवन नागार्जुन नगरपालिकाले छिटै शिल्यान्यास गर्ने र मानवसेवा आश्रमको अभिभावकत्व पालिकाले लिने बताए ।त्यस्तै तारकेश्वर नगरपालिकाको प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरमा पनि मानवसेवा आश्रम बनाउने आफ्ने लक्ष्य रहेको र आश्रम निर्माणको निम्ती आजै बाट अध्ययन सुरु गर्ने बताए । कार्यक्रममा नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा, तारकेश्वर नगरपालिका ३ का अध्यक्ष परशुरामा अर्याल लाई पनि सम्मान गरिएको थियो ।
तस्विर सौजन्य; नगर प्रमुख सचिवालय नागार्जुन