विश्वकप गर्दा घुस दिएको होइन
जोहानेसबर्ग, १५ जेठ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति थाबो एम्बेकीले सो देशले सन् २०१० मा विश्वकप फुटबलको आयोजना गर्दा फिफालाई घुस नदिइएको स्पष्ट गर्नुभएको छ ।
यसअघि पनि त्यहाँका कर्मचारीले सो आरोपको खण्डन गरेका थिए । उहाँले शुक्रबार भन्नुभयो– मलाई कुनैपनि व्यक्तिले देशको तर्फबाट घुस दिएको भन्ने कुराको विश्वास छैन र दिइएको पनि छैन ।
शुक्रबार उहाँले भन्नुभयो– त्यस्तो कुनैपनि सरकारी रकम घुस दिएको भन्ने बारेमा पनि केही जानकारी छैन र त्यसो गरिएको पनि छैन ।
सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकप फुटबलको आयोजना गरेको थियो । सो समयमा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा थाबो एम्बेकी हुनुहुन्थ्यो ।
सो फुटबलको आयोजना गर्नका लागि दक्षिण अफ्रिकाले फुटबलको विश्व संस्था फिफा एवम् अन्य निर्णायक समितिका सदस्यलाई घुस दिइएको आरोप लगाइएको थियो ।
विश्वकप फुटबल आयोजना गर्ने दक्षिण अफ्रिका पहिलो अफ्रिकी राष्ट्र हो । रासस÷एएफपी