कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
कपन अनलाइन
काठमाडौँ, जेठ ५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिजय श्रेष्ठ (धन)को प्यानलनै विजयी भएको हो । अध्यक्ष श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार थापालाई ६४१ मत अन्तरले पराजित गरेका हुन ।
अध्यक्षमा निर्वाचित बिजय श्रेष्ठ (धन)ले १३९५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेम कुमार थापाले ७५३ मत पाएका थिए । अध्यक्षमा श्रेष्ठ निर्वाचित भए संगै वडा सदस्यहरुमा पनि नेकपा एमालेका किरण पण्डित क्षेत्री, भिम बहादुर सिंखडा, शारदा पौडेल र सबिता नेपाली निर्वाचित भएका छन ।
तपाइँको प्रतिक्रिया ।