गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेसका दिपक रिसाल र उपप्रमुखमा एमालेकी सान्नानी लामा निर्वाचित
कपन अनलाइन
काठमाडौँ, जेठ ५ । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कांग्रेसका दिपक रिसालले ९ हजार ६९२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्दब बिष्टले ८ हजार ५०४ मत पाए । नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार गोपाल प्रसाद बरालले १८ सय ४१ मत पाए ।
नगर उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा निर्वाचित भइन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार शान्ती नेपाललाइ १३३ मत अन्तरले पराजित गरेकी हुन । लामाले ८ हजार ८०४ मत पाउँदा नेपालको पक्षमा ८ हजार ६ सय ७१ मत परेको छ । नेकपा माओवादी केन्द्रका पेमाछिरी शेर्पाले २ हजार ७०१ र राप्रपाकि शर्मिला थापाले ८ सय ५२ मत पाएकी थिईन। त्यसैगरि गुलाफको फुल चिन्ह लिएर उठेकी स्वतन्त्र उम्मेदवार लक्ष्मी पुडासैनी लामिछानेले ९७ मत पाएकी थिइन ।