बुढानिलकण्ठ -११ मा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने , के छ सहमतिमा ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने भएको छ। बैशाख २२ गते वडा नं ११ को एक रेस्टुरेन्टमा भएको सम्झौता अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार र पार्टीले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई सघाउने सहमति भएको हो।
बागमती प्रदेश सभा सदस्य नुछेनारायण श्रेष्ठ, नागर प्रमुख पदका उम्मेदवार विनाेद चालिसे, वडा न ११ का वडा अध्यक्षका उम्मेदवार राधेश्याम कार्की , काठमाण्डौ क्षेत्र नं ४ ( ख ) का सचिव मनाेज सिग्देल र माओवादी केन्द्रबाट वडा न ११ का पार्टी अध्यक्ष कृष्ण कुमार भट्टराई , जिल्ला समन्वय सल्लाहकार सन्तकुमार तामाङ ,नगर कमिटी सचिवालय सदस्य जितेन्द्र खडकाकाे उपस्थितिमा पाँच बुँदे सम्झौता गरेर गठबन्धन भएको हाे।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले वडा नं ११ मा नेपाली कांग्रेसलाई सघाउने सहमति भएको जानकारी दिदै गठबन्धनका लागि पहल गरेका प्रदेस क्षेत्रका सचिव मनोज सिग्देलले अन्य वडामा गठबन्धनको सम्भावना रहेको बताएका छन।
के छ सहमतिमा ?