ओखलढुंगाको टारकेराबारीमा चट्याङ लागेर एक जनाको ज्यान गयो
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २२ ।
ओखलढुंगाको टारकेराबारीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका देव बहादुर दर्जीको ज्यान गएको हो । बुधबार साँझ ६ बजे घरयसी कामका लागि बाहिर रहेका उनलाई बर्षातसँगै परेको चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए ।
घटनामा गम्भीर घाइते भएका अर्का स्थानीय मेघ बहादुर दर्जीको पनि पाटन अस्पतालमा उपचार भइहेको उनले बताए । घटनामा घाइते भएका अर्का स्थानीय मेघ बहादुर दर्जीको पनि पाटन अस्पतालमा उपचार भइहेको उनले बताए ।
घाइते दर्जीको छातीमा असर देखिएको र उपचारपछि अवस्था सुरधारात्मक रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् ।
जिल्लामा बर्षेनी चट्याङका कारण ठुलो जनधनको क्षति हुने गरेको छ । गत बर्ष पनि टारकेराबारीको भञ्ज्याङ भन्ने स्थानमा चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर पौडेल र वडा अध्यक्ष विशालकुमार पौडेलको घरमा लाखौँको क्षति भएको थियो ।
चैत, बैशाख र जेठ महिनामा अति जोखिम हुने भएकाले चट्याङबाट बच्न चट्याङ परेको बेला घर भित्रै सुरक्षित बस्न र घर बाहिर भए पनि सुरक्षाका उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।