नेकपा एमाले ओखलढुंगाका खेम मिश्र र सिताराम गुरुङ कारवाहीमा ,सदस्यता समेत नरहने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८।
पार्टीका आधिकारीक उमेद्वार विरुद्ध उमेद्वारी दिने नेतालाई नेकपा एमाले ओखलढुंगाले कारबाही गरेको छ ।
सिद्धिचरण नगरपालिकाको मयेरमा स्वतन्त्र उमेद्वारी दिएका पार्टीका प्रदेश कमिटी सदस्य सिताराम गुरुङ र चम्पादेवी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका पालिका कमिटी अध्यक्ष खेम मिश्रसहितका स्वतन्त्र उमेद्वारी दिने पार्टीका विभिन्न तहका नेतालाई एमालेले कारबाही गरेको हो ।
उमेद्वारी फिर्ता लिन आग्रह गर्दा समेत अटेर गरेर पार्टी हित विपरित काम गरेको ठहर गर्दै पार्टी विधानको धारा ८० को उपधारा ६ बमोजिम पार्टीमा रहेको पद र पार्टी सदस्य समेत नरहनेगरी कारबाही गरिएको नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकरबहादुर कटवालले बताएका छन ।
पार्टीका आधिकारीक उमेद्वारलाई निर्वाचनमा सहयोग गर्नुपर्ने जिम्मेवारी भएका नेताहरु आफैं पार्टीले उठाएका उमेद्वार विरुद्ध लागेको र सचेत गराउँदा समेत उमेद्वारी फिर्ता नलिएकाले विद्यान बमोजिम सबै स्वतन्त्र उमेद्वारहरुलाई कारबाही गरिएको अध्यक्ष कटवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । पार्टी नीति र अनुशासन विपरितका काममा नलागी आधिकारीक उमेद्वारलाई निर्वाचनमा सहयोग गर्न सबै नेता कार्यकर्तालाई अध्यक्ष कटवालले अपिल गरेका छन् ।