नेपाली काँग्रेस बुढानिलकण्ठमा प्रचारप्रसारको कमाण्ड बद्री भट्टराईलाई, को को बने ?

नेपाली काँग्रेस बुढानिलकण्ठमा प्रचारप्रसारको कमाण्ड बद्री भट्टराईलाई, को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिकाको निर्वाचन परिचालनको जिम्मेवारी नेपाली काँग्रेस काठमाडौ जिल्ला गोकर्ण केसीलाई दिइएको छ । बुढानिलकण्ठ नगरपालिका निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी काँग्रेस युवा नेता बद्रि भट्टराईलाई दिएको छ ।

बुद्धिजीवि ,पेशाकर्मी संयोजकमा दामोदर खड्का , अनलाईन मिडिया परिचालन संयोजक विजेन्द्र पुडासैनी , आर्थिक संयोजनको जिम्मेवारीमा भोला लामिछाने, महिला परिचालन समितिको संयोजकमा कृष्ण कुमारी बस्नेत लाई चयन गरेको छ ।

छापाखान व्यवस्थापन सञ्जित थापा११६६ सदस्यी मुल समितिको गठन गरी प्रचारलाई तिव्र बनाउन लागिएको नगर सभापति राजाराम बुढाथोकीले बताएका छन । स्थानीय निकाए निर्वाचनमा जिम्मेवारी पाएका सबै मेयर पदका आंकाक्षी समेत रहेका थिए ।

नेपाली काँग्रेसले बुढानिलकण्ठ नगरप्रमुखमा विनोद चालिसे तथा उपप्रमुखमा रमिला धिताललाई उम्मेदवार बनाएको छ । गठबन्धको निर्णय भए पश्चात काँग्रेसले उक्त समितिहरुलाई सक्रिय बनाएको हो ।

समितिका संयोजक रहेको युवा नेता भट्टराईले जति छोटो समय भए पनि हरसम्भव आफ्नो प्रचारलाई तिब्र बनाउन कुनै कसर नराख्ने बताएका छन । ११०० भन्दा बढि सक्रिय क्रियाशिल सदस्य रहेको नगरपालिकामा प्रचारको अभियानले तिब्रता पाउने समेत उनले बताए ।

तपाइँको प्रतिक्रिया ।