निरन्तर निस्वार्थ जनासेवाले चम्किएका बुढानिलकण्ठ-१० का चन्द्रमान फेरी मैदानमा
कपन अनलाइन
काठमाण्डौ , बैशाख १६ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सदस्यमा निर्वाचित बनेका चन्द्रमान श्रेष्ठ दोश्रो कार्यकालका लागि मैदानमा उत्रिएका छन।
विगत ५ वर्षको समयमा निरन्तर र निस्वार्थ बनेर वडावासीको सेवामा तल्लिन रहेका श्रेष्ठ आफ्नो पार्टी नेकपा एमाले संगै अन्य पार्टीहरुमा पनि परिचित छ लोकप्रिय रहेका छन।
वडा नं १० साप्रेढुंगामा रहेको नेपाल चार्टर आधारभूत विद्यालय स्थापनाकाल देखि व्यवस्थापन समितिको अध्यक्ष रहेका श्रेष्ठले सो क्षेत्रमा मनाइदै आएको जात्रालाई पुनर्जागृत गर्दै युवाहरुलाई त्यसमा सक्रिय सहभागी बनाउन सफल भएका थिए।
पाँच वर्ष अबिरल रुपमा वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको अशल सहयात्री बनेका श्रेष्ठले विकास निर्माणमा पनि उत्तिकै सक्रिय योगदान दिएका छन्।
बुढानिलकण्ठ नगरपालिकामा अनुगमन समितीमा रहेर नगरका हरेक विकास योजना तथा भूगोलमा पुगेका श्रेष्ठ संगै यस पटक वडा नं १० को अध्यक्षमा नवराज भट्टराई ,खुल्ला सदस्यमा देवी रेग्मी , महिला सदस्यमा रिता दाहाल र दलित महिला सदस्यमा डिल कुमारी बिक उम्मेदवार बनेका छन।