काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्षमा नेकपा एसका आशिष श्रेष्ठको चर्चा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ९ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्षमा वडा कमिटीका अध्यक्ष आशिष श्रेष्ठको चर्चा चलेको छ ।
सो पार्टीबाट वडा अध्यक्ष पदका लागि श्रेष्ठ संगै निर्मला पुडासैनी र कृष्ण घिमिरेको नाम सिफारिस भए संगै अहिले गठबन्धन वा एक्लै लड्ने अवस्थामा पनि श्रेष्ठलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ।
लामो समय देखि काठमाण्डौ महानगरपालिका वडा नं ७ को राजनीतिक र सामाजिक विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएका उनको उम्मेदवारी सिफारिस भए संगै युवा वर्गमा समेत सकारात्मक चर्चा शुरु भएको एक स्थानीय बताउछन।
तत्कालिन नेकपा एमालेमा हुँदा विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पार्टी कमिटीको नेतृत्वमा पुगेका युवा नेता श्रेष्ठ खेलकुद ,युवा क्लव ,संघ संस्था आदि स्थापना गर्दै वडाको समग्र विकासमा स्कृत भूमिका खेलेका युवा नेता हुन्।
सो वडामा रहेका गठबन्धन दलहरुले समेत सहज रुपमा स्वीकार गर्ने र नेकपा एमालेमा समेत अशर पार्न सक्ने भएकोले उनलाई प्रभावशाली उम्मेदवारका रुपमा हेरिएको एक स्थानीय नेता बताउछन।