गोकर्णेश्वर -३ को सदस्यमा नेपाली कांग्रेसका युवा नेता अच्युत बिष्टको दावी
कपन अनलाइन
काठमाडौं, बैशाख ८ ।स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । गठबंधनका लागि पनि सहमति जुटाउन जुटेका छन् । यस्तैमा नेपाली कांग्रेस गोकर्णेश्वरले पनि पनि सो कार्यलाई निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ । गठबन्धनको लागि नेताहरु सहमति जुटाउन लागि परेका छन ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न केहि दिन मात्र बाँकी छ । मनोनयन दर्ताको समय नजिकीदै गर्दा राजनीतीक दलहरूले आफ्ना उम्मेदवार टुंग्याउन सकेका छैनन । स्थानीय तहको वडा देखि पालिका सम्म नेतृत्वको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । उम्मेदवारमा दाबेदारी प्रस्तुत गर्नेहरु धेरै भएपछि पार्टीहरुलाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको देखिन्छ ।यसै बीच गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस बाट वडा सदस्यमा समाजसेवी अच्युत बिष्टले दावी गरेका छन ।
सामाजिक, राजनीतिक क्षेत्रमा सक्रिय बिष्ट बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर ३ को वडा सदस्य पदका लागि दाबी गरेका हुन ।लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका बिष्सट बैको साथ र सहयोगले वडा सदस्य पदमा चुनाव जित्ने दरिलो आधार रहेको बताउछन ।
सबैसँग सन्तुलित व्यवहार गर्दै आएका बिष्ट नेपालका अन्तर्राष्ट्रिय प्रथम म्याराथन धावक मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन । यसपालिको निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई, भिजन भएकालाई भोट दिन्छन भन्नेमा बिस्वस्त हुदै, इमान्दारिता, निष्पक्षता र जनमतका आधारमा वडा सदस्य पदमा आफ्नो दाबि रहेको बताएका छन ।समाज र जनभावना अनुसार सभ्य र विकसित समाज निर्माणमा युवा भुमिका महत्वपूर्ण हुने र युवा नेतृत्व आजको आवश्यकता रहेको भन्दै वडा सदस्य पदमा उम्मेदवारी दिने उनले बताएका छन ।