टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका चार जनाको दावी

कपन अनलाइन
काठमाडौं, बैशाख ३ ।

टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका चार जनाले  दावी गरेका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको वारेमा टोखा नगर कमिटीको बैठकमा चार जनाले उपप्रमुख पदक लागि दावेदारी प्रस्तुत गरेका हुन्।

२०७४ सालको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख जितेको नेकपा एमालेका तर्फबाट टोखा नगर पालिकाको उपप्रमुख पदका लागि निम्न चार जनाले दावी गरेका हुन्।

१.ज्ञानमाया डंगोल

२.भगवती गौतम

३.मन्जु शर्मा

४.उर्मिला बिश्वकर्मा

टोखा नगरपालिकाको उपप्रमुखमा दावी गरेकी डंगोल २०७४ सालको निर्वाचन उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् भने बिश्वकर्मा  वडा नं ७ को दलित ,महिला सदस्य पदमा निर्वाचित भएकी थिइन्।

त्यस्तै उपप्रमुख पदक दावेदार शर्मा र गौतम पनि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।