गोकर्णेश्वर नगरपालिका वडा नं ६ को अध्यक्षमा भागवत सापकोटाको चर्चा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ को उम्मेदवारमा नेकपा एमालेका भागवत सापकोटाको नाम चर्चामा आएको छ।

२०५० सालमा अनेरास्ववियुको सदस्यता लिई प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका सापकोटा  २०५८ सालमा नेकपा एमालेको तत्कालिन  प्ररायुसंघको  काठमाडौं जिल्ला कमिटी सदस्य बनेका थिए।

२०६२ सालमा नेकपा एमालेको संगठित सदस्यप्राप्त गरी  २०६३ सालमा जोरपाटी गाउँकमिटि सदस्यमा दुई कार्यकाल काम गरेका उनले  २०६६ सालमा जोरपाटी गाउँकमिटीको सचिबमा रहेर काम गरिसकेका छन।

२०६७ सालमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको निर्वाचन तथा कानुन बिभाग सदस्यबनेका सापकोटा  २०६८ सालमा नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीको कोषाध्यक्ष समेत रहेका थिए।

२०६९ सालमा पुन जोरपाटी गाउ कमिटीको सचिव बनेका उनि २०७२ सालमा गोकर्णेश्वर नगरपालिका वडा नं ६  अध्यक्ष र  २०७८ सालमा गोकर्णेश्वर नगर कमिटी सचिवालय सदस्य बनेका सापकोटा  नेपाल खेलकुद महासंघ उपत्यका प्रदेश कमिटीका सदस्य समेत हुन्।

लामो समय देखि साविक जोरपाटी गाविस र वडा नं ६ को विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहेका सापकोटा निर्वाचन जित्न सक्ने दरिला दावेदारका रुपमा रहेको एक नेता बताउछन।

तपाइँको प्रतिक्रिया ।