कागेश्वरी मनोहरा – २ को अध्यक्ष उम्मेदवारमा नेपाली कांग्रेसका सुरज खड्का सर्वसम्मत

कपन अनलाइन

काठमाडौँ, चैत्र ३० । नेपाली  कांग्रेसले  कागेश्वरी मनोहरा नगरपालिका  वडा नं  २ को वडा अध्यक्ष पदमा   सुरज खड्काको  नाम सर्वसम्मत  सिफारिस गरेको छ ।वडा कार्यसमितिले  खड्कालाइ  आउँदो वैशाख ३० गते हुने चुनावका लागि अध्यक्ष पदमा उठाउने सर्वसहमत निर्णय गरेको हो। वडा अध्यक्षको लागि खड्काको नाम सिफारिस भए पनि अन्य सदस्यहरु को लागि छलफल जारी रहेको र चाडै टुंगो लाग्ने बताएका छन ।

सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनेका खड्काले पार्टीको निर्देशनमा अव चुनावी तयारीमा जुट्ने बताएका छन। नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका  वडा नं २ का इकाई सभापति समेत रहेका खड्काले  वडाको विकास र समृद्धिलाई आफ्नो मूल एजेन्डा रहेको  बताउदै  आएका छन ।स्थानीय तहदेखि नै युवालाइ अघि सार्नु पर्नेमा जोड दिदै  आएका खड्काले जनतालाई सेवाप्रवाहमा सरल र सहज बनाई जनतामैत्री स्थानीय तह निर्माणको पक्षमा  आफु रहदै आएको बताएका छन ।राजनीति संगै विकास निर्माण र समाजसेवामा सक्रिय रहेका  खड्का सफल युवा व्यवसायी समेत हुन ।

तपाइँको प्रतिक्रिया ।