लोकप्रिय नेता मिठाराम अधिकारीको प्रश्न :के सधै मैले मात्र अपमान सहदै हेपिएर बस्नुपर्ने हो ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २९।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारीले बुढानिलकण्ठ नगरपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भएको एक कार्यक्रममा निकै गम्भीर प्रश्न राखेका छन।
निरन्तर क्रियाशीलता र निस्वार्थ राजनीतिक योगदानका उदाहरण भनेर चिनिने अधिकारीले बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा दावी गर्दै “के सधै मैले मात्र हेपिएर बस्नुपर्ने हो ?” भन्दै गम्भीर प्रश्न गरेका हुन्।
२०७४ सालको स्थानीय तहको र प्रदेस सभा निर्वाचनको प्रसंग स्मरण गर्दै उनले नेताहरुले अन्तिम सम्म आस्वासन दिएर ऐन समयमा आफुलाई अपमानित गर्दै धोका दिएको भन्दै उनले यस पटक आफ्नो योगदानको कदर गर्दै नगर प्रमुखको उम्मेदवार बनाउनु पर्ने माग समेत गरेका छन।
२०७४ सालको निर्वाचनमा प्रदेस सभाको उम्मेदवारमा मनोनयन दर्ता हुने दिन २ बजे सम्म उम्मेदवार फाइनल भएको भनेर सुचना पाएर तयारीमा बसेका अधिकारी अन्तिममा खोला वारी र खोला पारी को फ्याक्टरले काम गरेपछी उम्मेदवारको प्रचारकमा सिमित पारिएका थिए।
अहिले पनि फेरी प्रदेस सभामा तपाई नै हो उम्मेदवार भन्ने आस्वासन दिएर नगर प्रमुखको दौडबाट बाहिर पार्न खोजिए पछी अधिकारीले नगरका नेता तथा कार्यकर्ताहरुका माझ स्पस्ट कुरा राख्दै नगरपालिकाको निर्वाचनमा निर्णायक मत रहेको कपन क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने माग राखेका थिए।
काठमाण्डौ उपत्यकाको नेता हुँ भन्ने स्वघोषणा गर्दै हिडेका बुढानिलकण्ठ निकट पुर्वका कतिपय नेताहरुले मिठाराम अधिकारी नेता नै हैन भन्ने अपमान जनक अभिव्यक्ति सार्वजनिक रुपमा दिँदा पनि निष्ठापुर्वक पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन हिडेका अधिकारीको उचित सम्मान यस पटक हुनु पर्ने कपन क्षेत्रका एक जिल्ला कमिटी सदस्यले बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा रहेका कुल ४८,४७५ मतदाता मध्ये कपनका तिन वडामा १८,२२६ मतदाता रहेको जानकारी दिंदै ति नेताले आसन्न निर्वाचनमा निर्णायक मतदाता रहेको कपन क्षेत्रका लोकप्रिय नेता अधिकारीको दावी उचित र अर्थपूर्ण रहेको जिकिर समेत गरेका छन।
अहिले पनि पहिलाको जस्तै प्रदेस सभाको ललिपप देखाएर अन्तिममा इतिहासको पुनरागमन गर्ने अवस्था नआउला भन्न नसकिने बताउदै एक नगर कमिटी सदस्यले अधिकारीको प्रश्नले धेरै निष्ठावान नेता तथा कार्यकर्ताहरुको प्रतिनिधि मुलक आवाज रहेको बताएका छन।