नेपाली कांग्रेस बुढानिलकण्ठको आयोजनामा चौथो स्वास्थ्य सिविर सम्पन्न

नेपाली कांग्रेस बुढानिलकण्ठको आयोजनामा चौथो स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको आयोजनामा चौथो स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

नगरपालिकाका विभिन्न वडाहरुमा स्वास्थ्य सिविर संचालन गर्दै आएको  नेपाली कांग्रेस बुढानिलकण्ठले चैत्र २४ गते बिहिवार वडा नं ४ को पासिकोटमा स्वास्थ्य सिविर आयोजना गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४  मा निःशुल्क औषधी सहित बिभिन्न राेगहरूकाे उपचार गरिएको  शिविरमा ४०० जनाले स्वास्थ्य सेवा लिएका थिए।

यी सिविरहरु संगै विभिन्न जन संगठनहरुको आयोजनामा  पनि स्वास्थ्य सिविरहरु आयोजना गरिएको बताउदै नगर सभापति राजाराम बुढाथोकीले अहिले सम्म नगरपालिकाका हजारौ नगरवासीले स्वास्थ्य सेवा लिएको बताएका छन।

उक्त स्वास्थ्य सिविरमा वडा नं २ निवासी नेपाली कांग्रेस क्षेत्रीय कमिटी सदस्य प्रेम खत्रीले औसधि सहयोग गरेको जानकारी दिदै सो सिविरमा जनरल मेडिसिन , प्रसुती तथा स्त्री रोग ,बाल रोग,छाला रोग सहित दर्जनौ स्वास्थ्य सेवा प्रदान गरिएको नगर सह सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार खडकाले बताएका छन ।

नेपाली कांग्रेस बुढानिलकण्ठले वडा नं ४ मा चैत्र ३० गते,वडा नं ८ मा चैत्र २४ गते र वडा नं १३ मा चैत्र १६ गते संचालन हुने सो स्वास्थ्य सिविरमा “होलबडी” परिक्षण सहित विभिन्न सेवाहरु उपलव्ध गराइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।