भगवती युवा क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा आयोजित नगरस्तरीय बिभिन्न खेलकुद प्रतियोगिता उद्घाटन

भगवती युवा क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा आयोजित नगरस्तरीय बिभिन्न खेलकुद प्रतियोगिता उद्घाटन

कपन अनलाइन

काठमाडौं चैत्र २१ । भगवती युवा क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिता उद्घाटन  गरिएको छ । भगवती युवा क्लबकि अध्यक्ष अस्मिता श्रेष्ठको अध्यक्षतामा  भएको उक्त  नगरस्तरीय बिभिन्न खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन ।

 

कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, , प्याब्सन काठमाडौं जिल्लाका निबर्तमान अध्यक्ष एबम भगवती युवा क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वडा सदस्य हरिकृष्ण कारंजित, गमला कुमारी परियार, समाजसेवी जयराम बिष्ट , अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा,  समाजसेवी एबम कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारी, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरे लगायत क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन संजय बि.क ले गरेका थिए ।

कार्यक्रममा क्लबका  सदस्य सुमन ताम्राकारले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी  प्रकाश परेका थिए ।कार्यक्रममा  प्याब्सन काठमाडौं जिल्लाका निबर्तमान अध्यक्ष एबम भगवती युवा क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,  कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारी ,लगायतले शुभकामना मन्तब्य सहित कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख  सन्तोष चालिसेले भगवती युवा क्लबले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

नगरस्तरीय खेलकुद अन्तरगत हाफ म्याराथन व्हिलचियर रेस कराते  प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता  फुटसल प्रतियोगिता, लगायतको खेलहरुलाई समेटेको छ । सोहि प्रतियोगिता अन्तरगत आज हाफ म्याराथन प्रतियोगिताको  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले रिबन काटी उद्घाटन गरेका थिए उक्त प्रतियोगितामा    राम राई प्रथम भए भने  अनिल आले मगर दितीय र सविन गोले तृतीय  भएका भए  । विजयी खेलाडिहरुलाई  प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार क्रमश १० हजार ७ हजार र ५ हजार  प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।