गोकर्णेश्वर नगरपालिकाको उप प्रमुखमा सत्यभामा श्रेष्ठको दावी
कपन अनलाइन
काठमाडौं ,चैत्र २१ । नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिका न्यायिक समिति सदस्य सत्यभामा श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख पदमा आफ्नो दाबि रहने बताएकी छिन । कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै गोकर्णेश्वर नगरपालिकाको कार्यपालिका सदस्य एबम नगरको राजश्व परामर्श समिति सदस्य भएर काम गरिरहेकी श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनमा उप प्रमुख पदमा आफ्नो दाबी रहने बताएकी हुन ।
२०७४ स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ बाट बिजयी भएकी श्रेष्ठ राजनीति संगै समाजसेवामा सक्रिय रहेकी छिन।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (क)को सभापति भएर भूमिका निर्वाह गरिसकेकी श्रेष्ठले उप प्रमुखको टिकट पाएमा जित्ने दरिलो आधार रहेको बताएकी छन ।
तपाइँको प्रतिक्रिया ।