चन्द्रागिरि नगरपालिकामा रहेका पाँच दलिय गठबन्धनको प्रारम्भिक बैठक सम्पन्न

कपन  अनलाइन 

काठमाडौँ, चैत्र २१। चन्द्रागिरि नगरपालिका रहेको पाँच दलिय गठबन्धनको प्रारम्भिक बैठक सम्पन्न भएको छ ।नेपाली काँग्रेसका नगर प्रमुख तथा नगर सभापति घनश्याम गिरीको निवासमा पाँच दलिय गठबन्धन को प्रारम्भिक बैठक सम्पन्न भएको हो ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा,नेकपा (एकीकृत समाजबादी) र जनता समाजवादी पाटीको संयुक्त छलफल भएको छ ।छलफलमा नेपाली काँग्रेसका नगर सभापति तथा नगर प्रमुख घनश्याम गिरी, माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर दुलाल, केन्द्रय सल्लाहाकार मुकुन्द्र प्रसाद घिमिरे माओवादी केन्द्रका नगर अध्यक्ष देवकृष्ण महर्जन, नेकपा (एकीकृत समाजबादी) वाट बागमती प्रदेश सांसद रमा आलेमगर, नगर अध्यक्ष भाईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाका काठमाण्डौ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सदस्य झविन्द्र बेलवासे, जनमोर्चाका युवा नेता तथा बागमती प्रदेश सदस्य रोशन दानी, जनता समाजवादी पाटीका नगर अध्यक्ष राजु महर्जन लगायतको  उपस्थिति रहेको थियो ।

पाँचै दलको चन्द्रागिरि नगर कमिटीको पहल कदमिमा बाम लोकतान्त्रिक गठबन्धनको उपस्थितिमा नेपाली काङ्ग्रेसका सभापति तथा नगरका मेयर घन श्याम गिरीको निवासमा स्थानिय तहको चुनाब सम्बन्धि पहिलो बैठक सम्पन भएको राष्ट्रिउ जनमोर्चाका नेता झविन्द्र बेलवासेले बताए।बैठकमा सहभागी नेताका अनुसार चन्द्रागिरीका सवै वडाहरुमा पाँच दलिय गठवन्धनकै जित हुने गरि निवार्चनमा सहकार्य हुर्ने बताए ।
उनका अनुसार गठबन्धनको बैठक पुन चैत्र २३ गते नेपाली काँग्रेसको पाटी कार्यलय संतुगललमा बस्ने निर्णय भएको छ ।

वैठकमा सहभागी नेताहरुले गठबन्धन एक ढिक्का भएर चुनावी मोर्चामा होमिन तयार भएको बताएको छ । नेकपा एमालेको प्रतिगमनको अन्तयका लागि केन्द्र देखि स्थानिय तहका लागि गठबन्धन बनेको र सोही अनुरुप स्थानिय तहको निर्वाचनमा सहकार्य हुनेछ । स्थानिय तहको वडा देखि नगर प्रमुख उप प्रमुख समेत मिलाउन दलहरु एक जुट भएको नेकपा (एकीकृत समाजबादी) चन्द्रागिरिका अध्यक्ष भाईकृष्ण बलामीले बताए ।तत्कालिन समयमा नेकपा एमालेको सरकारलाई सर्मथन गरेको राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सरकारलाई अल्पमतमा पारि काँग्रेस नेतृत्वको सरकारलाई सघाए पछि गठबन्धनमा सहभागी दल बनेको थियो । पछि नेपाली काँग्रेस,माओवादी र समाजबादीले एमसीसी अनुमोदन गर्दा राष्ट्रिय जनमोर्चाले विरोध गर्दे आईरहेको छ । एमसीसी अनुमोदन पश्चात गण्डकी प्रदेश फेरि अल्पमतमा पर्ने आँकलन गरिएको थियो ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।