गोकर्णेश्वर नगर प्रमुख : को को छन माओवादी केन्द्रका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौं चैत्र २१ । बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले  गोकर्णेश्वर नगरपालिकामा  पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा  एउटा पनि उम्मेदवार जित्न नसकेको नेकपा माओवादी केन्द्रले  अहिले नगरपालिकामा रहेको नेपाली कांग्रेसको प्रभुत्वलाई हटाउने भन्दै आक्रामक अभियानमा रहेको छ।

नेकपा माओवादी केन्द्रबाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले ६ जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ। पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको नेकपा माओवादी केन्द्र यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख  पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.  तेज राज नेपाल (टि.आर नेपाल)

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं ३ का संयोजक तेजराज नेपाल (टि.आर नेपाल) आसन्न स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका प्रमुख पदको लागि उम्मेदवार रहेका थिए  नेपाल विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन।

२. पेमाछिरी शेर्पा

नेकपा माओवादी केन्द्रका प्रदेश परिसद सदस्य तथा गोकर्णेश्वर इन्चार्ज पेमाछिरी शेर्पा  आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको  सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि शैक्षिक तथा बिभिन्न संघ संस्थामा आवद्द रेहेर सामाजिक तथा मानवीय सेवा सक्रिय रहदै आएका छन ।

३. कपिल मुनि उप्रेती

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य कपिल मुनि उपेती आसन्न स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको  सम्भावित दावेदारका रुपमा रहेका छन।

 लामो समयदेखि राजनीतिक र सामाजिक  क्षेत्रमा सक्रिय रहदै आएका छन।

४. न्हुच्छे नारायण श्रेष्ठ (मिलन)

नेकपा माओवादी केन्द्रका केन्द्रीय सहकारी बिभागका सदस्य तथा गोकर्णेश्वर नगरपालिका उपाध्यक्ष समेत रहेका   न्हुच्छे नारायण श्रेष्ठ (मिलन) आसन्न स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको  सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि सहकारी  संगै  राजनीतिक र सामाजिक  क्षेत्रमा सक्रिय रहदै आएका छन।

५. मान बहादुर तामाङ

नेकपा माओवादी केन्द्रका गोकर्णेश्वर नगर अध्यक्ष मानबहादुर तामाङ आसन्न स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको  सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि नगरपालिकामा विकास निर्माण सगै  रजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहदै आएका छन।

६. भागवत प्रसाद गौतम

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य भागवत प्रसाद गौतम आसन्न स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिका  प्रमुख पदको  सम्भावित दावेदारका रुपमा रहेका छन।

उनि  राजनीति संगै समाज सेवामा सक्रिय रहेका छन ।

तपाइँको प्रतिक्रिया ।