कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा कृष्णहरि थापा फेरी उम्मेदवार बन्ने चर्चा
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २१।
कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा कृष्णहरि थापा फेरी उम्मेदवार बन्ने चर्चाले राजनीतक माहोल निकै तातेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८९६९ मत सहित नेकपा एमालेको तर्फबाट नगरपालिकाको प्रमुखमा निर्वाचित बनेका थापा यस पटक पनि नेकपा एकीकृत समाजवादीको तर्फ बाट उम्मेदवार बन्ने सम्भावना निकै प्रवल बनेको छ।
सिमित श्रोत र साधन भए पनि कागेश्वरी मनोहरा नगरपालिकालाई काठमाण्डौ जिल्लाको नमुना नगरपालिका बनाउने अभियानको नेतृत्व गरेका थापा नेका एसका बागमती प्रदेस कमिटी सदस्य समेत रहेका छन।
काठमाण्डौ जिल्लाका १० नगरपालिका मध्ये नेकपा एसको नेतृत्व रहेको एक मात्र नगरपालिकाका रुपमा रहेको कागेश्वरी मनोहरा नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फ बाट नर प्रमुख पदको उम्मेदवार बन्ने सम्भावना बढे संगै थापाले आन्तरिक तयारी सुरु गर्दै छलफल समेत थालेको श्रोतले जानकारी दिएको छ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा रहेको यस नगरपालिकामा थापाले पुन उम्मेदवारी दिने चर्चा संगै यसले नेकपा एमालेलाई पार्न सक्ने अशरका वारेमा पनि व्यापक बहस हुन् थालेको छ।