बुढानिलकण्ठ नगर उपप्रमुखमा नेपाली कांग्रेसका १३ जनाको दावी ,को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २२ ।
नेपाली कांग्रेस बुढानिलकण्ठले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन् चाहाने आकांक्षीहरु संग छलफल गरेको छ।
सिमित नेता र समितीमा मात्र छलफल गरेर उम्मेदवार सिफारिस गर्ने पुरानो प्रचलन परिवर्तन गर्दै नगर प्रमुख र उपप्रमुखका आकांक्षीहरुको नाम वडा समिती संग मागेको नेपाली कांग्रेस बुढानिलकण्ठले उम्मेदवार हुन् इच्छुक नेताहरु संग अन्तरक्रिया पनि गरेको छ ।
को को छन नगर उपप्रमुखका आकांक्षीहरु ?
बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसबाट नगर उपप्रमुख पदको उम्मेदवार बन्नका लागि १३ जनाले दावेदारी प्रस्तुत गरेका छन।
नगर उपप्रमुख पदको दावी गर्नेमा सुभद्रा खड्का ,रिता बुढाथोकी ,पवित्रा पोखरेल ,अम्बिका राना ,ललिता देवी गुरुङ ,रमिला वाग्ले ,तारा देउवा ,लक्ष्मी कार्की सिटौला,सरिता केसी ,कमला खनाल,बबिता बुढाथोकी,तारा केसी र मिथिला ढकाल रहेका छन।