गोकर्णेश्वर नगरपालिका वडा नं ८ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित १ सदस्य जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका मनोज कुमार ढुंगानाके नगर प्रमुख दावी गर्ने संकेत गरे संगै वडा नं ८ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. लक्ष्मण चौलागाई
नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाई सभापति लक्ष्मण चौलागाई आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन। नगरपालिकाको सहकारी संयोजक भएर काम गरिसकेका उनि बिभिन्न संघ संस्थामा आवद्ध हुदै राजनीति संगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन ।
२. नन्दलाल श्रेष्ठ
गोकर्नेश्वर नगरपालिका वडा नं ८ वडा का सदस्य नन्दलाल श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।२०७४ सालको स्थानीय तहमा १०८३ मत सहित वडा सदस्यमा विजयी बनेका श्रेष्ठ राजनीति संगै सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन।
३. उत्तम खनाल
नेपाली कांग्रेसका क्रियाशील सदस्य एबम गोकर्णेश्वर नगरपालिकाका कानुनि सल्लाहकार उत्तम खनाल आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन। बिभिन्न संघ संस्थामा आवद्ध खनाल राजनीति संगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन। लायन्स क्लब मार्फत सामाजिक तथा मानवीय सेवामा सक्रिय रहदै आएका छन
४. कृष्ण चालिसे
नेपाली कांग्रेस गोकर्णेश्वरका क्षेत्रीय प्रतिनिधि कृष्ण चालिसे आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। उनि राजनीति संगै विकास निर्माण र समाजसेवामा सक्रिय रहेका छन ।