बुढानिलकण्ठ नगरपालिका उपप्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका उपप्रमुख पदमा कांग्रेसका तर्फबाट सम्भावित दावेदारहरुको चर्चा सुरु भएको छ।२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख गुमाएको नेपाली कांग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा दावेदारी गर्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. सुभद्रा खड्का
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार रहेकी सुभद्रा खड्का आसन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
सो निर्वाचनमा ९७६८ मत प्राप्त गरेकी खड्का राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी छन।
२.कृष्ण कुमारी बस्नेत
नेपाली कांग्रेसकी युवा नेतृ कृष्ण कुमारी बस्नेत पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
लामो समय विद्यार्थी आन्दोलनमा रहेर केन्द्रीय जिम्मेवारी बहन गरिसकेकी बस्नेत राजनीति संगै युवा शशकतिकरण र सामाजिक सेवामा सक्रिय रहेकी छन।
३.रिता बुढाथोकी
नेपाली कांग्रेसकी महाधिवेसन प्रतिनिधि रिता बुढाथोकी पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को कार्यबाहक सभापति रहिसकेकी बुढाथोकी राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी छन।
४. मिना पराजुली
नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीहरुमा क्रियाशील रहेकी मिना पराजुली पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
प्राध्यापन पेसामा योगदान पुर्याएकी पराजुली राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएकी छन।
५. पवित्रा पोखरेल
नेपाली कांग्रेसमा लामो समय देखि सक्रिय रहेकी पवित्रा पोखरेल पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
संचार क्षेत्रमा लामो समय विताएकी पोखरेल राजनीति संगै महिला शशक्तिकरण र सामाजिक क्षेत्रमा क्रियाशील रहेकी छन।
६. ललिता देवी गुरुङ
नेपाली कांग्रेसमा काठमाण्डौ जिल्ला समिती सदस्य ललिता देवी गुरुङ पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेकी छन।
विभिन्न संघ संस्थामा संलग्न रहेकी गुरुङ राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी छन।