दक्षिणकाली फर्पिङमा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता आज बाट शुरु हुदै

दक्षिणकाली फर्पिङमा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता आज बाट शुरु हुदै

कपन अनलाइन

काठमाडौं चैत्र १८ । “स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागी खेलकुद” भन्ने मूल नाराको साथमा नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता आज बाट शुरु हुने भएको छ ।प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।४ प्रदेश तथा नेपाल आर्मी र एपीएफबाट जम्मा ५० खेलाडीको सहभागिता रहने छ । प्रोफेसनल फाइट पनि हुनेछ ।

दक्षिणकाली नगरपालिकाको सहयोगमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको फर्पिङमा हुने छ । उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्ने व्यवस्था आयोजकले गर्ने छ ।पत्रकार सम्मेलनमा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले दक्षिणकालीमा मुवाँथाईको राष्ट्रिय प्रतियोगिता हुनु गर्वको विषय भएको बताउदै नगरपालिकाले खेलाडी र खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उप–मेयर बसन्ती डंगोलले खेलाडीको स्तरबृद्धि गर्न प्रतियोगिता नियमित रुपमा आयोजना हुनु पर्नेमा जोड दिइन् ।अध्यक्ष कक्षपति मुवाँथाई खेलको विकास/विस्तारका साथै प्रवद्र्धन गर्न संघले विभिन्न भुगोलमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको जानकारी गराए ।किक बक्सिङ खेलको जस्तै नियमका आधारमा खेलाइने खेल प्राचीन मार्सल आर्ट खेल हो । तीन चरणमा खेलिने खेलमा हातका अलवा घुँडा, कुइनो आदिले पनि प्रहार गर्ने गरिन्छ । प्रहार गर्ने कौशलका आधारमा अंक प्रदान गरिनेछ थाइल्यान्डलगायत देशमा लोकप्रिय यो खेलको नेपालमा भने लामो इतिहास छैन ।

तपाइँको प्रतिक्रिया ।