हल्याण्डका नागरिक टम फ्रयाङ्केनको सहयोगमा प्रबिधि मैत्री बन्दै गोकर्णको स्वर्ण शिक्षा स्कुल

हल्याण्डका नागरिक टम फ्रयाङ्केनको सहयोगमा प्रबिधि मैत्री बन्दै गोकर्णको स्वर्ण शिक्षा स्कुल

कपन अनलाइन

काठमाडौँ, चैत्र १६ । समाजको विकासक्रम सँगसँगै शिक्षण कार्यमा पनि नयाँ आयामहरू थपिंदै गएका छन् । विज्ञान र प्रविधिको विकासले शैक्षिक सामग्रीका रूपमा श्रव्य–दृश्य सामग्री विकसित गरिएका छन् । विशेषगरी सूचना–प्रविधिमा आएको विकासले शिक्षण सिकाइ क्रियाकलापमा पनि नयाँ मूल्य र मान्यता स्थापित गरेको छ ।

आधुनिक र उपयुक्त शैक्षिक सामग्रीको प्रयोगले शिक्षणलाई आकर्षक मात्र होइन, प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ र विद्यार्थीले सिकेको ज्ञानलाई दिगो बनाउँदै यसले विद्यार्थीमा रुचि जगाई स्वतन्त्र सिकाइ तथा विचारको अभिवृद्धि गर्छ  भन्ने उदेश्यका साथ  गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको स्वर्ण शिक्षा इंगलिस स्कुलले  बिद्यालयलाइ सूचना तथा प्रविधिमैत्री  बनाउन स्मार्ट बोर्ड सहित डिजिटल कक्षा शुरु गरेको छ।स्मार्ट विद्यालय बनाउन चाहिने सबै उपकरण जडान र त्यसको प्रयोग गर्ने तालिमपछि बुधबारदेखि डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको बिधालयका प्रधानाध्यापक गोबिन्द बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । स्वर्ण शिक्षा स्कुल  स्मार्ट बोर्ड जडान र डिजिटल कक्षा शुरु गर्ने  गोकर्ण क्षेत्रको पहिलो बिधालय भएको  उनको दाबी रहेको छ।

हल्याण्डका नागरिक टम फ्रयाङ्केनको  आर्थिक सहयोगमा उक्त बिधालयलाइ स्मार्ट सामग्री प्रदान गरेका हुन। बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुगोस भन्ने उदेश्य सहित उक्त सामग्री बिध्यालयलाइ प्रदान गरेको फ्रयाङ्केन बताउछन।  उनले  थप सय जना आर्थिक अवस्था कमजोर भएका  बिद्यार्थीहरुलाई थप गुणस्तर शिक्षाको लागि  निजि बिद्यालयमा  निशुल्क शिक्षा प्रदान गर्ने उदेश्य समेत रहेको जानकारी गराएका छन ।

नेपाल घुम्न आउदा नेपालीहरुले देखाएको उदार भावना र सहयोग बाट प्रभावित भएका फ्रयाङ्केनले लामो समय देखि गोकर्णको  स्वर्ण शिक्षा स्कुलमा सहयोग गर्दै आएका छन। नेपाल भ्रमणमा आउदा पर्यटकहरुले अनावश्यक धेरै खर्च गर्ने गरेको पाइए पश्चात अनावश्यक हुने खर्च कटौती गर्दै रचनात्मक काममा खर्च होस भन्ने मान्यता स्थापित गर्न पनि यस्ता कार्य गरेको उनि बताउछन । उनले बिधालयमा कम्प्युटर ल्याब निर्माण गरिदिनुको साथै कम्प्युटर समेत प्रदान गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।