गोकर्णेश्वर -८ माकलबारी जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास

गोकर्णेश्वर -८ माकलबारी जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास

कपन अनलाइन

काठमाडौं,चैत्र १५। गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलबारी स्थित  बागमति नदीमा निर्माण गरिने मोटरेबल पक्की पुल र बागमती ड्याम (स्टिमर संचालन) आयोजनाको शिलान्यास गरिएको छ । करिब ४ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त मोटरेबल पक्की पुलको नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच भुमि पुजन सहित शिलान्यास गरेका हुन। उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ  ६ का वडा अध्यक्ष रमेश अर्याल ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत,उमा थापा, समाज सेवी पेमा छिरी शेर्पा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाबाट ठेक्का प्रक्रियाको माध्यमबाट पुल र ड्यामको निर्माण कार्य अघि बढेको छ ।  माकलबारी जोड्ने पुरानो सानो  पुल  सानो साँघुरो  र जिर्ण हुँदा दुर्घटनाको जोखिम  रहेको थियो नया पक्कि पुल बनेपश्चात आवतजावतमा सहज हुने स्थानीयले बिश्वास गरेका छन । खोलामा बाढी आएको बेला सवारी साधनहरु वारपार गर्न नसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो। पुल निर्माणसँगै स्थानीयलाई सहजता हुने भएपछि स्थानीयहरु हर्षित भएका छन  ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले स्थानीयको माग अनुसार उक्त स्थानमा पुल निर्माण गर्न लागिएको जानकारी गराएका थिए । उनले निर्माण व्यवसायीलाइ गुणस्तरीय र सिघ्र काम गर्न अनुरोध गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले नगरपालिकाको गौरबशाली योजना अन्तर्गत उक्त स्थानमा मोटरेबल पक्की पुल र बागमती ड्याम (स्टिमर संचालन)  गर्न लागिएको जानकारी गराएका थिए। उनले निर्माण कार्य गुणस्तरीय रुपमा समय अवधिमै पुरा गर्न निर्माण व्यवसायीलाइ अनुरोध गर्दै स्थानीयको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहेको बताएका थिए। स्टिमर संचालन भए संगै आन्तरिक तथा बाह्य पर्यटनमा बृद्दि हुने बिश्वास ब्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।