बुढानिलकण्ठ नगरपालिका वडा नं ५ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १४।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. बिजेन्द्र पुडासैनी
नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिका सचिव बिजेन्द्र पुडासैनी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाका विभीन्न सामाजिक गतिविधिमा सक्रिय उपस्थिति देखाएका युवा नेता पुडासैनी राजनीति संगै खेलकुदको क्षेत्रमा पनि सक्रिय रहेका छन ।
२.इन्द्र तामाङ्ग
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का उपसभापति इन्द्र तामाङ्ग पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समयदेखि राजनीतिमा सक्रिय तामाङ्गले समाजसेवामा पनि योगदान दिएका छन ।
३.कृष्ण शाह
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का उपसभापति कृष्ण शाह पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समयदेखि राजनीतिमा सक्रिय शाहले समाजसेवा र विकास निर्माणमा पनि योगदान दिएका छन ।
४.मिना तामाङ्ग
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ५ की सदस्य मिना तामाङ्ग पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेकी छन।
लामो समयदेखि राजनीतिमा सक्रिय तामाङ्गले समाजसेवामा पनि योगदान दिएकी छन ।