काठमाण्डौ महानगरपालिका वडा नं ६ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ चैत्र १४ ।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ४ सदस्य जितेको नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. दिपेन्द्र लामा
काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३६१५ मत सहित वडा अध्यक्षमा निर्वाचित लामा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।
२. जयराम पुडासैनी
काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य जयराम पुडासैनी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३०४१ मत सहित वडा सदस्यमा निर्वाचित पुडासैनी राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।
३. नरेन्द्र कुमार थापा ( भगवान )
काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य नरेन्द्र कुमार थापा ( भगवान) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२८६ मत सहित वडा सदस्यमा निर्वाचित थापा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।
४. भुवन लामा
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का सचिव भुवन लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ६ इकाईका पुर्व सभापति लामा राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
५ . विवेक लामा
नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ६ समितीका सभापति विवेक लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
खेलकुद क्षेत्रमा पनि योगदान दिएका लामा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन।