बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्रको बैचारिक प्रशिक्षण
कपन अनलाइन
काठमाण्डौ , चैत्र १३।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको आयोजनामा बैचारिक प्रशिक्षण सम्पन्न भएको छ। कपन पार्माटी प्यालेस मिलनचोकमा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचन केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका अध्यक्ष भाइ नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य हिमाल शर्मा , बागमती प्रदेस कमिटी अध्यक्ष सरल सहयात्री,क्षेत्रीय इन्चार्ज बिदुर खड्का , प्रदेश सदस्य क्षेत्र संयोजक सुरेश कर्माचार्य, प्रदेश सदस्य तथा क्षेत्रिय सचिव डम्बर अधिकारी, प्रदेश सदस्य क्षेत्र ४ क इन्चार्ज रबिन गुरुङ,प्रदेश परीषद सदस्य राजेन्द्र श्रेष्ठ , प्रदेश जेष्ठ कम्युनिस्ट सदस्य माधव आचार्य सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचन केन्द्रित अभियानमा लागेको बताउदै नगर कमिटी अध्यक्ष भाइनारायण श्रेष्ठले अभियानमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन ।