बुढानिलकण्ठ नगरपालिका वडा नं १० अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं १० अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष सहित पाँच  जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले नगर प्रमुख पदमा दावेदारी दिने बताए संगै वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने  केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. राजन पोखरेल 

नेकपा एमाले जिल्ला कमिटी सदस्य राजन पोखरेल आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ( २ ) का संयोजक समेत रहेका पोखरेल लामो समय देखि सहकारी क्षेत्रमा सक्रिय रहेका छन।

२.मधु अधिकारी

नेकपा एमाले जिल्ला कमिटी सदस्य मधु अधिकारी पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका इन्चार्ज अधिकारी राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।

३. चन्द्रमान श्रेष्ठ

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य चन्द्रमान श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

२०७४ सालको निर्वाचनमा २२७१ मत सहित वडा नं १० को सदस्यमा निर्वाचित भएका श्रेष्ठ राजनीति संगै विकास निर्माण र संस्कृति संरक्षणमा सक्रोय रहेका छन।

४.भुव प्रसाद रेग्मी 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य भुव प्रसाद रेग्मी  पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

लामो समय सम्म शिक्षण पेसामा रहेका रेग्मी २०७४ सालको निर्वाचनमा २१६० मत सहित वडा नं १० को सदस्यमा निर्वाचित भएका थिए।

५. रिता दाहाल 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य रिता दाहाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा २२४५ मत सहित वडा सदस्यमा निर्वाचित बनेकी दाहाल विभिन्न संघ संस्थामा सक्रिय रहेकी छन।

५. जगत प्रसाद निरौला 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटी अध्यक्ष जगत प्रसाद निरौला पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा संभावित  दावेदारका रुपमा रहेका छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका निरौला राजनीति संगै विभिन्न संघ संस्थामा पनि सक्रिय रहेका छन।

 

 

 

 

 

 

  

 

तपाइँको प्रतिक्रिया ।