बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ११।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. मदन श्रेष्ठ
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) का सह सचिव मदन श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
पुर्व वडा सभापति श्रेष्ठ समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन।
२.लक्ष्मण श्रेष्ठ