नागार्जुनमा नेकपा एमालेका वडा सचिवले नेपाली कांग्रेसका क्षेत्रीय सभापतिलाई चुनावमा हराए
काठमाडौँ, चैत्र ११/बामदेव भट्ट
नागार्जुन नगरपालिका वडा नं ८ भीमढुंगामा अवस्थित शान्ति वस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनावमा नेकपा एमाले नागार्जुन नगरपालिका ८ न वडा कमिटीका सचिव यादव प्रसाद भट्टराईले नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ९ (ख) क्षेत्रीय सभापति राजेन्द्र प्रसाद भट्टराईलाई हराएका छन् ।
दुवै जनाको उम्मेदवारी पार्टीको तर्फ बाट नभई उपभोक्ता सदस्य भएको हैसियतले खुल्ला रुपमा रहेपनि दुवै उम्मेदवार दुई भिन्न पार्टीमा क्रियाशील रहेकोले यस चुनावलाई राजनीतिक रुपमा निकै चासोपूर्वक हेरिएको छ।
नगरपालिकाको मेयर र वडा अध्यक्ष दुवै जितेको वडामा स्थानमा क्षेत्रीय सभापति रहेको व्यक्ति वडा कमिटी सचिव संग हारेको घटना नागार्जुन नगरपालिकामा अहिले निकै चर्चाको विषय बनेको छ ।
अध्यक्षमा निर्वाचित भट्टराईले ब्यवस्थापन बिषयमा स्नातकोत्तर गरि करिब १० बर्ष खानेपानी ब्यवस्थापककाे जिम्मेवारीमा रहेर काम गरेका थिए।
“विपक्षीले नया पुस्ताले जिते भने नयावस्तिको रूपमा आएका घरधुरीलाई पानी दिँदैनन् र दिई सकेको छ भने पनि पानीको लाइन काट्ने भन्दै गलत प्रचार गर्दै भोट मागेकोले कम मतान्तरले जितेको हो। यदि स्वच्छ एजेण्डाले मत मागिएको भए अझै धेरै मतले जितिन्थ्यो ।” नाम नबताउने सर्तमा निर्वाचित अध्यक्ष यादव प्रसाद भट्टराईका एक समर्थकले बताएका छन ।
संघिय सरकार र २०७४ पछि बागमती प्रदेश का सांसद माननिय केशव प्रसाद पाेखरेलकाे बिषेश पहलमा प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन -५ कार्यालयबाट विनियोजित बजेटबाट हालसम्म खानेपानीकाे याेजना अगाडि बढेकाे थियाे।
नवनिर्वाचित अध्यक्ष भट्टराईले अझ नयाँ ढङ्गबाट खानेपानीलाई ब्यवस्थित रुपमा लैजाने साथै सस्ताे सुलभ र उपभोक्ताको मनाेभावना अनुसार नै याेजनाहरु अगाडि ल्याउने प्रतिवद्वता ब्यक्तगरेका छन ।