नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा

कपन अनलाइन 

काठमाडौँ, चैत्र ११।

नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा निर्वाचित भएका छन । बिहीबार बुटवलमा भएको खेलकुद महासंघको प्रथम अधिवेशनले देवाकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

महासंघमा बाँकेका चन्द्रप्रसाद श्रेष्ठ र प्युठानकी नारायणी जिसी उपाध्यक्ष निर्वाचित भएका छन् । दाङका दिनेश आचार्य सचिव चयन भएका छन् भने गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई उपसचिव निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम)ले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशनका प्रमुख अतिथि समेत रहेका बस्नेतले खेलकुद महासंघले पछिल्लो समय नेपालभर खेल क्षेत्रका लागि नयाँ आशाको सन्चार गरेको भन्दै यसलाई लुम्बिनी प्रदेशमा पनि कायम राख्नु पर्ने बताएका छन  ।

‘लुम्बिनी प्रदेश खेल पर्यटनका लागि अन्तर्राष्ट्रिय गन्तव्य समेत बन्न सक्छ,’ बस्नेतले भनेका थिए । उनले अब खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेलकर्मीहरुका लागि खेलकुद महासंघ आशा र भरोसाको केन्द्र हुने बताउदै  अन्तर्राष्ट्रिय रुपमा नेपालको झन्ठा फहराउन खेल  क्षेत्रको विकासका लागि लाग्ने पनि बताएका थिए।

लुम्बिनी प्रदेश प्रथम अधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजराज श्रेष्ठ, जनसंगठन संयन्त्र प्रमुख पुरन गुरुङ, महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल, महासंघका नेताहरु भीम ओली, रामकृष्ण खड्का, प्रनिर अधिकारी, शान्तामाया परियार, कपिल न्यौपाने, उमेश केसीलगायतको पनि सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया ।