नेपाली कांग्रेस बुढानिलकण्ठको स्वास्थ्य सिविरमा ६ सय भन्दा बढीले सेवा लिए
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ९।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितीको आयोजनामा भएको स्वास्थ्य सिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन। पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित सो सिविरमा होलबडी परिक्षण समेत गरिएको थियो।
जीपी फाउन्डेसन काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को सह आयोजनामा भएको सो सिविरमा जनरल मेडिसिन , प्रसुती तथा स्त्री रोग ,बाल रोग,छाला रोग सहित दर्जनौ स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
बागमती प्रदेसका प्रदेस सभा सदस्य तथा सार्वजनिक लेखा समितीका सभापति न्युछेनारायण श्रेष्ठले गिरिजा प्रसाद कोइरालाको तस्विरमा माल्यार्पण गर्दै शुरु भएको सो स्वास्थ्य सिविरमा निशुल्क औसधि समेत वितरण गरिएको थियो।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भए संगै आक्रामक संगठन विस्तार र परिचलानमा केन्द्रित बनेको नेपाली कांग्रेस बुढानिलकण्ठले वडा नं ४ मा चैत्र ३० गते ,वडा नं ८ मा चैत्र २४ गते र वडा नं १३ मा चैत्र १६ गते संचालन हुने सो स्वास्थ्य सिविरमा “होलबडी” परिक्षण सहित विभिन्न सेवाहरु उपलव्ध रहेका छन।