चैत्र १२ गते सनिवार सिद्देश्वर योग साधना केन्द्रको रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ७।

चैत्र १२ गते सनिवार सिद्देश्वर योग साधना केन्द्रको रक्तदान कार्यक्रम हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फ्रेन्ड शिप युवा क्लव प्रांगणमा हुने सो रक्तदान कार्यक्रम १०.३० बजे शुरु हुनेछ।

प्रसुती गृह थापाथलीको आग्रहमा हुन् लागेको सो रक्तदान कार्यक्रमको सह आयोजक सिद्देश्वर संगीत परिवार रहेको छ भने पैरवी बुक हाउस सहयोगी रहेको छ ।

सम्पर्क : ९८४१४४३२९५ र ९८५१०२७८३१ ( सिद्देश्वर योग साधना परिवार )

तपाइँको प्रतिक्रिया ।