ओखलढुंगाका हाम्रा विपक्षी भुस बेच्छन,हामी बासमती चामल बेच्न सक्दैनौ : यज्ञराज सुनुवार
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ७।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगामा नेकपा एमालेको विपक्षी नेपाली कांग्रेसले भुस बेचेको तर नेकपा एमालेले चामल बेच्न नसकेको बताएका छन।
मानेभञ्ज्याङ गाउँपालिकामा भएको नेकपा एमालेको भेलामा बोल्दै सांसद सुनुवारले वर्षौ सम्म जिल्लाका विभिन्न नेतृत्व गरेको कांग्रेसले विकासको सिन्को नभाचेको बताउदै नेकपा एमालेले जितेपछि मात्र पूर्वाधार सहित अन्य विकास सुरु भएको बताएका छन।
ओखलढुंगा जिल्लामा भएका विकास निर्माणमा नेकपा एमालेको ठुलो योगदान रहेको जानकारी दिदै सांसद सुनुवारले जिल्लामा नेपाली कांग्रेसले सबै योजना आफुले बनाएको भन्दै गलत प्रचार गरिरहेकोले त्यसको खण्डन गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।
ओखलढुंगा जिल्लाका एक कांग्रेस नेताले जुन विकास योजना देख्यो त्यसैलाई मैले गरेको भन्दै हिडेको बताउदै सुनुवारले अव त् लाउरी भैसीले चिल्लो पाडो पाउँदा पनि मैले गर्दा भन्दिन बेर नलाग्ने भन्दै कटाक्ष गरेका थिए।
नेकपा एमाले भित्रको एकता र क्रियाशीलताले मात्र आगामी निर्वाचनमा विजयी प्राप्त गर्न सकिने बताउदै सांसद सुनुवारले अवका सबै काम निर्वाचन केन्द्रित बनाउन पनि निर्देशन दिएका थिए।
मानेभञ्ज्याङ गाउँपालिकाको विकासमा नेकपा एमालेको योगदान र भूमिका रहेको बताउदै उनले हर्कबोल राई संविधान सभा सदस्य भएको समय पछी मात्र सो गाउँपालिकामा बजेट आएर विकास सुरु भएको धारणा राखेका थिए।