नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को कोषाध्यक्षमा राम बिनोद लामिछाने (बिनोद)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ७।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को कोषाध्यक्षमा राम बिनोद लामिछाने (बिनोद) चयन भएका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ले लामिछानेलाई क्षेत्रीय समितिको कोषाध्यक्षमा मनोनित गरेको हो।
२०४६ शालामा नेपाल विद्यार्थी संघको सदस्यका रुपमा सक्रिय राजनीति शुरु गरेका लामिछाने २०५४ शालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाविस वडा नं ८ को वडा अध्यक्षका प्रत्यासी रहेका थिए।
२०५२ शालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका लामिछानेले राजनीति संगै विभिन्न सामाजिक संस्था,टोल सुधार समिती,उपभोक्ता समिती र अन्य संयन्त्रमा रहेर योगदान दिएका छन।
तपाइँको प्रतिक्रिया ।