नेपाली कांग्रेसको बागमतीमा प्रदेश सचेतक छिरिङ दोर्जे लामा सहित १६ जना मनोनित

 नेपाली कांग्रेसको बागमतीमा प्रदेश सचेतक छिरिङ दोर्जे लामा सहित १६ जना मनोनित

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ६।

नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा संसदीय दलका सचेतक छिरिङ दोर्जे लामा सहित  १६ जना मनोनित भएका छन् ।

आइतबार बागमती प्रदेश समितिका सभपति ईन्द्रबहादुर बानियाँले सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटकी कल्पना नेपाली, धादिङका तिलक रुवाली र चितवनका कैलाश कोइरालाई प्रदेश समितिमा मनोनित गरेका छन् ।

त्यस्तै काठमाडौंका  राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी, भगवतीकुमारी खड्का, नुवाकोटका अर्जुन न्यौपाने, ललितपुरका रमेशकुमार बखती, राजेश महर्जन र दोलखाका प्रभुराम श्रेष्ठ पनि प्रदेश समितिमा मनोनित भएका छन।

को को भए ? 

तपाइँको प्रतिक्रिया ।