बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ५ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा  वडा नं १३ मा १०९५ मत सहित विजयी बनेका श्री कृष्ण श्रेष्ठले नगर प्रमुख पदमा दावी गर्ने संकेत गरे संगै नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. कृष्णकाजी श्रेष्ठ 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य कृष्णकाजी श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका श्रेष्ठ वडा नं १३ मा खानेपानी उपभोक्ता समिती संगै विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध रहेका छन।

२. टिकेस नारायण श्रेष्ठ

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीका अध्यक्ष टिकेस नारायण श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३  को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि वडा नं १३ मा नेकपा एमालेको नेतृत्व गरेका श्रेष्ठले वादको सामाजिक,सांस्कृतिक र राजनीतिक क्षेत्रमा योगदान पुर्याएका छन।

३. श्याम श्रेष्ठ   

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का सदस्य श्याम श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १३ मा सबैभन्दा बढी १३५९ मत पाएर विजयी बनेका श्रेष्ठ पनि विभिन्न विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

४. मंगल नगरकोटी  

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का सदस्य मंगल नगरकोटी  पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १३ मा ११३९ मत पाएर विजयी बनेका श्रेष्ठ पनि विभिन्न विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

५.आशिष श्रेष्ठ 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का नेता आशिष श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

विभिन्न विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहेका श्रेष्ठले वडा अध्यक्ष पदमा दावेदारीका लागि आन्तरिक छलफल शुरु गरेको श्रोतले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।